सशस्त्र प्रहरीद्वारा परवानीपुरबाट १४४ केजी गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा परवानीपुरबाट १४४ केजी गाँजा बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरीले पर्साकाे परवानीपुर सडक खण्डस्थित बहुअरी चोकबाट  १४४ केजी गाँजा बरामद गरेको छ ।

 बीरगंज महानगरपालिका २४ ड्राईपोर्ट परवानीपुर सडक खण्डस्थित बहुअरी चोकबाट साउन २४ गते राति सशस्त्र प्रहरीले करीब १४४ केजी गाँजा बरामद गरेको हाे ।

सो ठाउँमा रोकी राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय ट्रकबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको गस्ती टोलीले उल्लेखित गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरीले सो गाडीमा शंका लागि जाँच गर्दा हुटमा लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित परिमाणको गाँजाको १० वटा प्याकेट फेला परेपछि
गाँजासहित उक्त ट्रक नियन्त्रणमा लिइएको हो । बरामद गाँजा र ट्रक जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।