महिला अधिकारर्मी ,राज्यले महिलालाई ‘दोस्रो दर्जा’ को हैसियतमा राख्यो !

महिला अधिकारर्मी ,राज्यले महिलालाई ‘दोस्रो दर्जा’ को हैसियतमा राख्यो !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-राज्यले महिलालाई ‘दोस्रो दर्जा’ को हैसियतमा राखेको भन्दै शुक्रबार राजधानीका महिलाहरुले माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेका छन् ।

भर्खरै प्रतिनिधिसभामा छलफलका लागि पेस भएको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ ले नेपाली महिलालाई दोस्रो दर्जाको हैसियत दिएको विरोधमा महिला मानवअधिकार रक्षकहरू आन्दोलित भएका हुन्।

उक्त विधेयकमा रहेको मुलुकी ऐनको दफा ८ को उप दफा १ खण्ड ९ क २० मा रहेको ‘नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको पुष्ट्याईसहित निज वा निजको आमाले स्वघोषणा गर्नुपर्ने’ व्यवस्थाले महिलाको अस्मिता, स्वतन्त्रता र अस्तित्वलाई अस्वीकार गरेको ठहर महिला मानवअधिकार रक्षकहरूको छ ।

उनीहरूले शुक्रबार बिहान माइतीघरबाट विभिन्न प्लेकार्ड बोकेका थिए। प्ले कार्डमा मेरो नागरिकता मेरो पहिचान, बिना प्रश्न आमाका नाममा नागरिकता, महिला दोस्रो दर्जाका होइनन्, आमालाई दोस्रो दर्जामा राख्न पाइन्न लगायतका नारा लागेका थिए।