रुस्दीको हमलाको निन्दा गर्दा जेके रोलिङलाई ज्यान मार्ने धम्की

रुस्दीको हमलाको निन्दा गर्दा जेके रोलिङलाई ज्यान मार्ने धम्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क – सलमान रुस्दीमाथि भएको आक्रमणको निन्दा गर्दै ट्वीटरमा सन्देश पोस्ट गरेपछि बेलायती लेखिका जेके रोलिङलाई ज्यान मार्ने धम्की आएको छ । रोलिङले भनिन्, ‘डरलाग्दो खबर । अहिले धेरै बिरामी महसुस गरिरहेकी छु । उहाँलाई ठीक हुन दिनुहोस् ।’

उनको पोस्टमा एक एक ट्विटर प्रयोगकर्ताले उनलाई ‘चिन्ता नगर्नुहोस्, अब तपाइँको पालो’ लेखेपछि लेखिकाले त्यसको जवाफको स्क्रिनसट पोस्ट गरेकी छिन् । सुरक्षा चिन्ता उठाउँदै रोलिङले यसबारे ट्वीटरलाई रिपोर्टसमेत गरेकी छिन् । ‘सहयोगको कुनै मौका छ ?, उनले सोधेकी छिन् ।

उनीबारे आएको चेतावनीको प्रहरीले अनुसन्धान गरिरहेको छ । -एजेन्सी