प्रभु बैंक र ग्रीन लाइफ हेल्थ केयरबीच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक र ग्रीन लाइफ हेल्थ केयरबीच आकर्षक छुट गर्ने सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रभु बैंक लिमिटेड र ग्रीन लाइफ हेल्थ केयर प्रालिबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

आइतबार बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमलार ग्रीन लाइफ हेल्थ केयर प्रालिका तर्फबाट प्रमुख प्रशासनिक अधिकृत डा.सरिता ढकालद्घारा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

प्रभु बैंक र उक्त प्रालिबिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहकहरुले ग्रीन लाइफ हेल्थ केयर प्रालिद्धारा सञ्चालित सेवामा, (चिकित्सक परामर्श शूल्क) बाहेक अन्य सेवा शूल्कमा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

साथै फार्मेसी सेवा शूल्कमा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । उक्त सम्झौता अन्तर्गतग्रीन लाइफ हेल्थ केयर प्रालिमा सुविधा लिन चाहने प्रभु बैंककाग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा,ग्रीन लाइफ हेल्थ केयर प्रालिका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछभन्ने बैंकले विश्वास लिएको छ ।