बालेन र मोदीले गरे नेपाल–भारत जोड्ने मोटरेबल पुल उद्घाटन

बालेन र मोदीले गरे नेपाल–भारत जोड्ने मोटरेबल पुल उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुलास्थित महाकाली नदीमाथि निर्माण गरिएको ११० मिटर लामो मोटरेबल पुल संयुक्त रूपमा उद्घाटन गरेका छन्।

दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारतको उत्तराखण्डस्थित धारचुलाको छारछुम जोड्ने यो पुल भारत सरकारको पूर्ण आर्थिक सहयोगमा निर्माण गरिएको हो।

भारतीय निर्माण कम्पनी पीएन्डआर इन्फ्राप्रोजेक्ट लिमिटेडले ३२ करोड ९८ लाख भारतीय रुपैयाँको लागतमा पुल निर्माण गरेको हो। तत्कालीन उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले २०८० असोज ३ गते पुलको शिलान्यास गरेका थिए।

पुल सञ्चालनमा आएपछि दार्चुला र आसपासका पहाडी क्षेत्रका नागरिकलाई भारतसँगको आवतजावत सहज हुनेछ। साथै, दुवै देशले पुल क्षेत्रमा सुरक्षा तथा भन्सार कार्यालय स्थापना गरी सञ्चालनको तयारी गरेका छन्।

यस पुलले नेपाल–भारतबीचको व्यापार, पर्यटन र नागरिकस्तरको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको छ।