भारतको केरला राज्यमा भीषण बाढीपहिरो : मृतकको संख्या ३२४ पुग्यो

भारतको केरला राज्यमा भीषण बाढीपहिरो : मृतकको संख्या ३२४ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतको केरला राज्यमा आएको भीषण बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या ३२४ पुगेको छ । दुई लाखभन्दा बढी घर परिवार विस्थापित भएका छन्।

विस्थापित भएका उनीहरूलाई राज्य सरकारले सुरक्षित स्थानमा लगेर राखेको छ। केरला राज्यका विशेषगरी १३ जिल्ला बाढीपहिरोको प्रकोपमा परेका छन्। त्यहाँको मौसम विभागले ती जिल्लालाई उच्च जोखिमको सूचीमा राखेको छ ।

‘केरला बाढीका कारण एक शताब्दी यताकै सबैभन्दा नराम्रोसँग प्रभावित भएको छ’, मुख्यमन्त्री पिनारायीले ट्वीट गर्दै भनेका छन् ‘विगत दश दिनमा मृत्यु हुनेको सङ्ख्या ३२४ जना पुगेको छ ।’बिहीबारसम्मको तथ्यांकको तुलनामा शुक्रबार सरकारी अधिकारीबाट प्राप्त भएको मृतक संख्या ३ गुणाले वृद्धि भएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

हेलिकप्टर तथा डुंगाद्वारा उद्धार भइरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। त्यहाँ दश दिनदेखि वर्षा जारी छ। मौसम विभागले अझै केहीदिन भारी वर्षा हुने भन्दै सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ। बाढीपहिरोका कारण त्यहाँका विमानस्थलहरू पनि बन्द गरिएका छन्।