उपत्यका खानेपानी कार्यालयका कर्मचारी घूससहित पक्राउ

उपत्यका खानेपानी कार्यालयका कर्मचारी घूससहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यका खानेपानी लिमिटेड, महाङ्काल शाखामा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाल घूस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग पाँच हजार घूस लिएकै अवस्थामा उनलाई पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

सिनियर प्लम्बर खुलालमाथि थप अनुसन्धान भइरहेको आयोगले बताएको छ ।