पसल फोडी सामान चोरी गर्ने पक्राउ

पसल फोडी सामान चोरी गर्ने पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी – पसलको भवन फोडेर लाखौँका सामान चोरी गर्ने दुई जना पक्राउ परेका छन् । बर्दिबास–१४ स्थित दिनेश कृषि इञ्जीनियरिङ वर्कसपका सामान चोरी गर्ने बर्दिबास–१४ का २१ वर्षीय नवीन जर्घामगर र २४ वर्षीय शनि महतो पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार गत आइतबार राति वर्कसपबाट जेसिवीको हाइड्रोलिक पम्प पाँच थान, आठ एमएमको प्लेट एक सय ८० किलो, वेल्डिङ रड पाँच कार्टुन, टेबुल पङ्खा लगायतका सात लाख ६५ हजार मूल्य बराबरको सामान चोरी भएको थियो ।

चोरिएका सामानसहित उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

जिल्लाका बर्दिबास र गौशाला बजारमा पसल चोरी हुने क्रम बाक्लिएको जनाइएको छ । यसअघि साउन चौथो सातामा मोटरसाइकल चोर्ने गिरोहलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ । सो गिरोहबाट प्रहरीले हालसम्म चार चोरीका मोटरसाइकल बरामद गरिसकेको छ ।