हाइटी भूकम्पको एकवर्ष, दुई लाख ५० हजार बालबालिका विद्यालय जान पाएनन्

हाइटी भूकम्पको एकवर्ष, दुई लाख ५० हजार बालबालिका विद्यालय जान पाएनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – हाइटी भूकम्पको एक वर्षपछि पनि यहाँका कम्तीमा पनि दुई लाख ५० हजार जना बालबालिका विद्यालय जान पाएका छैनन् । संयुक्त राष्ट्रसङ्घका अनुसार यहाँका विद्यालय भवन एक वर्षअघिको भूकम्पले भत्काइदिएको थियो । ती विद्यालय भवनहरु निर्माण गर्न वर्षाैँसम्म लाग्नसक्ने राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिए।

संयुक्त राष्ट्रसङ्घीय बालकोषले यहाँका २३४ कक्षा कोठा निर्माण गरिदिएको छ । सीमित आर्थिक अवस्था तथा अरु चुनौतीहरुका कारण राष्ट्रसङ्घीय बालकोषले गएको वर्ष दिनमा ती कक्षा कोठासहितका भवन निर्माण गरेको हो ।

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसका सहप्रवक्ता फराह हकले सो कुराको जानकारी दिएका हुन्।उनले दिएको जानकारीअनुसार बालकोषले निर्माण गरिदिएका भवनहरुबाट ७४ हजार जना जति बालबालिका विद्यालय जान पाएका छन् भने अरु कम्तीमा पनि दुई लाख ५० हजार जना बालबालिका अझै पनि कक्षा कोठाभन्दा बाहिर रहेका छन् ।

राष्टसङ्घीय बालकोषले यहाँ भूकम्पबाट पीडित बालबालिकालाई शैक्षिक सामग्री, पोषणयुक्त खानेकुरा तथा अन्य आवश्यक सहायता पनि उपलब्ध गराएको छ ।

अझै पनि ठूलो संख्याका बालबालिका आफ्नो घर नभएर आश्रयस्थलमा बसिरहेका छन् । विभिन्न दाताको सहयोगमा यहाँ टेन्टहरु बनाइएको छ र त्यहाँ नागरिकले आश्रय लिइरहेका छन् । सो भूकम्पले एक हजार २५० विद्यालय भवन भत्काएको थियो । तीमध्ये अधिकांश अझै पुनः निर्माण हुन सकेको छैन ।