राशन घोटालामा मुछिएका सशस्त्रका एसपी विष्ट हेडक्वाटर तानिए

राशन घोटालामा मुछिएका सशस्त्रका एसपी विष्ट हेडक्वाटर तानिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दार्चुलास्थित सशस्त्र प्रहरी बलको ४४ नम्बर गुल्मका प्रमुख एसपी त्रिभुवन विष्ट हेडक्वाटर तानिएका छन् । राशन घोटालाको आरोपपछि एसपी विष्टलाई सशस्त्र प्रहरी मुख्यालय झिकाइएको स्रोतले जानकारी दियो ।

आफू मातहतका सुरक्षाकर्मीलाई विदामा छाडेर राशनमा अनियमितता गरेको आरोप लागेका एसपी विष्टको जिम्मेवारी खोसिएको हाे । वरिष्ठ उपरीक्षक (एसएसपी) पुरुषोत्तम थापाको नेतृत्वमा समिति गठन गरिएको छ। समितिले एसपी विष्टलाई विभागीय कारबाही गर्न सिफारिस गरेपछि उनलाई हेडक्वार्टर तानेर जिम्मेवारीबाट हटाइएको छ।

यसअघि एसपी विष्टले राशनमा घोटालासम्बन्धी सूचना चुहाएको आरोपमा वरिष्ठ हवल्दार नरेशसिंह साहुमाथि कारबाही अगाडि बढाइएको थियो। हालः उनी मुद्दाको पुर्पक्षका लागि डिल्लीबजार कारागार थुनामा छन्।