हर्क साम्पाङसँग रुख रोप्न जाँदै प्रचण्ड

हर्क साम्पाङसँग रुख रोप्न जाँदै प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरान पुगेका छन् । उनी शुक्रबार धरानमा जनवादी गायक जेबी टुहुरेको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका हुन् ।

कार्यक्रम सकेर अध्यक्ष प्रचण्ड धरानका मेयर हर्क साम्पाङले चलाएको वृक्षारोपण अभियानमा सहभागी हुने भएका छन् । सर्दु जलाधार क्षेत्रमा हुन लागेको वृक्षारोपण कार्यक्रममा प्रचण्ड सहभागी हुने धरानका उपमेयर आइन्द्रविक्रम बेघाले जानकारी दिए ।