सशस्त्रमा डिआईजी सरुवाको तयारी, कहां को जांदैछन् ?

सशस्त्रमा डिआईजी सरुवाको तयारी, कहां को जांदैछन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु —सशस्त्र प्रहरी बलमा डिआईजीहरुको सरुवाको तयारी भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल न्यूयोर्क जानुभन्दा पहिले नै सरुवा गर्ने तयारी छ ।

महानिरीक्षक अर्याल सोमबार तेस्रो संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको शिखर सम्मेलनमा भाग लिन न्यूयोर्क जांदैछन् । त्योभन्दा पहिला नै सरुवा गर्ने गृहमन्त्रालयको तयारी छ ।

गृहमन्त्री बालकृष्ण खांड आइतबार भैरहवाबाट आउने र सांझ नै सरुवा गर्ने तयारी छ । मंसिर ४ को निर्वाचनलाई लिएर सरकारले अहिले आफु अनुकुलताका प्रहरी अधिकारीलाई जिम्मेवारी दिने तयारी गरिरहेको छ ।

सशस्त्रको सुदुरपश्चिम बाहिनीमा अहिले दुर्र्गा भट्टराई छन् । मध्यमा अभि खत्रि, लुम्बिनीमा कुल बहादुर नेम्वाङ, बागमतीमा किशोर प्रधान, उपत्यकामा वंशिधर दाहाल, मधेष प्रदेशमा गणेश ठाडा मगर र एक नम्बरमा कमल गिरी छन् । तिमध्ये प्रधान र दाहालको यो दोस्रो कमाण्ड हो ।

डिआईजी खत्रिको समेत एसएसपीमा कामु जोड्ने हो भने यो दोस्रो हो । तर, उनि त्यो बेला आफ्नो इच्छाले भन्दा पनि तत्कालिन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको दबावमा सरुवा हुन खोज्दा पनि कर्णाली प्रदेशमै राखिएको थियो । सशस्त्रमा अहिले ३ जना डिआईजीको दरबन्दी रिक्त छ । त्यही भएर पनि केही डिआईजीहरु यो पटक पनि दोहोरिने सम्भावना छ ।

सशस्त्र महानिरीक्षक अर्याल एक वर्ष पुगेपछि मात्र सरुवा गर्ने अडानमा छन् । गृहमन्त्रालयको सरुवाका लागि दबाव भएपनि अर्याललै एक वर्ष नपुगि कसैको पनि सरुवा नगर्ने अडान राखेपछि सरुवा रोकिएको थियो । सशस्त्रका केही डिआईजीको प्रदेशमा कमाण्ड असोजमा एक वर्ष पुग्दैछ । तर, चुनाव र आईजीपीको विदेश भ्रमणलाई मध्यनजर गर्दै सरुवा आइतबार नै हुने सम्भावना छ ।

अहिले प्रदेश जानेमा डिआईजीहरु विदुर खड्का,प्रदीप पाल,लक्ष्मण बहादुर सिंह, कालिदास धौवजी र कुमार न्यौपाने छन् । प्रदेशमा सबैभन्दा बढि लुम्बिनी र मधेष प्रदेशमा जाने प्रतिस्पर्धा छ । मधेषमा कुमार न्यौपाने र लुम्बिनीमा विदुर खड्का जानेमा छन् ।

एक नम्बरमा डिआईजी गिरीलाई राख्नुपर्ने भन्दै संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की नै लागेका छन् । न्यौपानेलाई महेन्द्र रायहरुको जोडबल छ । सुदुरपश्चिम घर भएका पाल र सिंह पनि लुम्बिनी नै जाने जोडबलमा छन् । सशस्त्र प्रहरी प्रवक्ता रहेका खड्कालाई गृहमन्त्री खांड र खुमलटारको पनि साथ रहेको चर्चा छ । यता दोहोरिने अवस्थामा डिआईजी खत्रीको समेत लुम्बिनी जाने सम्भावना छ ।