काठमाण्डु – सरकारले १० जना सहसचिवको सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले मन्त्रालय मातहतका १० जनाको विभिन्न ठाउँमा सरुवा गरेको हो ।
जसमा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता वसन्त अधिकारी काठमाण्डु महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएका छन्। महानगरका लोकनाथ पौडेल मन्त्रालयको अतिरिक्तमा तानिएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता टोकराज पाण्डे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएका छन् ।
सूचना विभागका महानिर्देशक गोगनबहादुर हमाल गृह मन्त्रालय आएका छन्। अतिरिक्त समूहमा रहेकी स्किम श्रेष्ठको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ ।
त्यस्तै बेपत्ता आयोगबाट रोशनी कुमारी श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याइएको छ । स्थानीय पूर्वाधार विकास मन्त्रालयका कृष्ण कुमार मिश्र भौतिक पूर्वाधार विकास मन्त्रालय मधेस प्रदेश र त्यहाँका दीपक कुमार दासलाई वित्त आयोगमा सरुवा भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सुरेश राउतको श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेश र वित्त आयोगका शम्भु कार्की शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।




प्रतिक्रिया