भारतीय सेना प्रमुख आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

भारतीय सेना प्रमुख आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय सेनाका प्रमुख मनोज पाण्डे आज नेपाल आउँदैछन् । प्रधान सेनापति महारथी प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीयस्थ सेनाका प्रमुख पाण्डे पाँच दिने भ्रमणका लागि आज नेपाल आउन लागेका हुन् ।

भारतीय सेनाप्रमुख पाण्डे नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवी लिन पाँच सदस्यीय भ्रमणदलका साथ नेपाल आउन लागेका हुन् ।

भ्रमणको क्रममा नेपाली सेना र भारतीय सेनाबीचको परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।

त्यस्तै भ्रमणका दौरान जनरल पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित विर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान हुने विविध सामग्रीहरुको हस्तान्तरण कार्यक्रम लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र मध्य कमाण्ड हेडक्वावटरको भ्रमण गर्ने कार्यक्रम रहेको जंगी अड्डाले जानकारी दिएको छ ।

साथै, उनले आफ्नो भ्रमणको दौरान प्रधानमन्त्री एवं रक्षामन्त्री शेर बहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।