एजेन्सी – बेलायतले झण्डै दुई महिनापछि प्रधानमन्त्री पाउने भएको छ । सत्तारुढ कन्जरभेटिभ पार्टीकी नेतृ तथा विदेशमन्त्री लिज ट्रस निर्वाचित भएसँगै प्रधानमन्त्री बन्ने पक्का भएको हो ।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि सोमबार भएको निर्वाचनमा ट्रसले ५७ प्रतिशत मत पाएकी छिन् भने उनका प्रतिद्वन्द्वी ऋषि सुनाकले ४२ प्रतिशत मत पाएका छन् ।
प्रधानमन्त्री बन्ने निश्चित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै ट्रसले कर कटौती र हाल देखिएको उर्जा संकट समाधान गर्ने प्रतिबद्धता जनाएकी छिन् । बेलायतको बिग्रँदो अर्थतन्त्रमा सुधार ल्याउन आफूले विशेष पहल गर्ने उनले बताइन्।
अनेकन विवादमा तानिएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले गत जुलाईमा राजीनामा दिएका थिए ।




प्रतिक्रिया