मंगलबार ३०० जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार ३०० जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५९० जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट १७७ तथा एन्टिजेन विधिबाट १२३ जनामा गरी ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १२४ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ४५७ पुगेको छ ।