दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेबाट खुलाउने निर्णय

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेबाट खुलाउने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – यातायात व्यवस्था विभागले दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेबाट खुला गर्ने भएको छ ।

घर जानका लागि सहज होस् भनेर प्रत्येक वर्ष दशै अघि नै अग्रिम टिकट बुकिङ खुलाउने विभागले यसपटक पनि असोज १ गतेबाट खुलाउने निर्णय गरेको हो । टिकट घरमा नै बसेर अनलाइनबाट पनि काट्न सकिने विभागले जनाएको छ ।

त्यस्तै विभागले यातायात आवागमनमा सहज बनाउन विभागले खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने बाहेकका टेलर लगायतका ठूला सवारी साधनहरु असोज १५ देखि २२ गतेसम्म नारायणघाटदेखि काठमाण्डुसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ ।