२५ दिनपछि कन्चनपुरमा बलात्कारपछि हत्या गर्ने मुख्य अभियुक्त पक्राउ, बलात्कारपछि हत्या गरेको युवकद्दारा स्वीकार

२५ दिनपछि कन्चनपुरमा बलात्कारपछि हत्या गर्ने मुख्य अभियुक्त पक्राउ, बलात्कारपछि हत्या गरेको युवकद्दारा स्वीकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अभियुक्त २५ औं दिनमा पक्राउ परेका छन्। स्थानीय युवक दिलिपसिंह बिष्टलाई प्रहरीले पक्राउ गरेको हो।

केन्द्रीय अनुसन्धान ब्यूरो र कञ्चनपुर प्रहरीको टोलीले अभियुक्तलाई पक्राउ गरेको हो। स्रोतका अनुसार बिष्टले बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन्। उनलाई जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराइएको छ।

अदालतबाट थुनामा राख्न म्याद लिएपछि उनलाई आजै सार्वजनिक गर्ने प्रहरी तयारी छ। पक्राउ परेका अभियुक्त बिष्ट पहिला पनि अपराधमा जेल परेर छुटेका व्यक्ति हुन्।

साउन १० गते हराएकी पन्तको ११ गते शव भेटिएको थियो। पोष्टमार्टम रिपोर्टमा उनको बलात्कारपछि नै हत्या भएको पुष्टि भइसकेको छ।