चर्चामा राहुल गान्धीको ‘टि-सर्ट’

चर्चामा राहुल गान्धीको ‘टि-सर्ट’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – छिमेकी मुलुक भारतको प्रमुख प्रतिपक्ष दलका नेता राहुल गान्धीले लगाएको टि–शर्टलाई लिएर यति बेला बहस सुरु भएको छ । ‘भारत जोडो’ यात्रामा रहेका राहुलले लगाएको विदेशी ब्राण्डको टि–शर्टलाई लिएर बहस सुरु भएको हो ।

यो बहस तब सुरु भयो जब नरेन्द्र मोदी नेतृत्वको भाजपाले आफ्नो अधिकारिक ट्विटर ह्याण्डलबाट राहुल गान्धीसँगै विदेशी ब्राण्डको टिसर्ट लगाएको तस्वीर सार्वजनिक गर्यो ।

जसको क्यापसनमा लेखिएको थियो ‘भारत देखो’ अर्थात भारतलाई हेर्नुहोस् । उक्त पोस्ट मार्फत भाजपाले ४१ हजार भारुको र त्यो पनि विदेशी ब्राण्डको टि–शर्ट लगाएर राहुल ‘भारत जोडो’ यात्रामा निस्केका छन् भन्ने कटाक्ष गरेको थियो यद्यपि सो ट्वीट भाजपाका लागि महङ्गो प्रमाणित हुन पुग्यो ।

वास्तवमा भाजपा नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदी सामान्यतया राहुलको भन्दा निकै महङ्गो पहिरन लगाउने भएकाले भाजपाको पोस्टले भाजपालाई नै ‘ब्याक फायर’ गर्योे । मोदीले प्रयोग गर्ने कलम, चस्मा देखी अन्य कपडाहरुलाई मध्यनजर गर्दा यस विषयमा सबै भन्दा सौखिन नेता नरेन्द्र मोदीनै देखिन्छन् ।

राहुलको यस यात्रालाई भारतमा कांग्रेसलाई ‘रिभाईभ’ गराउनका निमित्त कांग्रेसले अगाडि बढाएको सबै भन्दा प्रभावकारी कदमको रुपमा समेत व्याख्या गरिन थालिएको छ ।सोही  कारण सत्तापक्ष र प्रतिपक्षबीच यो यात्रालाई लिएर राजनैतीक घोचपेच तथा बहसको अवस्था समेत सुरु भएको छ ।