चीनमा बस दुर्घटना हुँदा २७ जनाको मृत्यु

चीनमा बस दुर्घटना हुँदा २७ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ – दक्षिणपश्चिम चीनमा आइतबार भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । ग्रामीण गुइझोउ प्रान्तको राजमार्गमा भएको दुर्घटना अहिलेसम्मकै सबैभन्दा घातक सकड दुर्घटना बताइएको छ ।

४७ जना सबार बस दुर्घटनामा परेको प्रहरीले सामाजिक सञ्जालमा प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ । दुर्घटनाका २० घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

धेरै जातीय अल्पसंख्यक बसोबास गर्ने गुइझोउको दुर्गम र पहाडी क्षेत्रमा उक्त दुर्घटना भएको हो । दुर्घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।