आज सेयर कारोबार बन्द

आज सेयर कारोबार बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साताको दोस्रो दिन सोमबार सेयर बजार बन्द हुनेछ । संविधान दिवस परेकाले सरकारले सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि बन्द हुने नेप्सेले जनाएको छ ।

मंगलबार बिहान ११ बजेदेखि नियमित कारोबार खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक ३३.९७ अंक घटेर १८७६ बिन्दुमा कायम थियो । जसमा कुल एक अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।