भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २८ हजार नाघ्यो

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २८ हजार नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली –  एकै दिनमा ४ हजार ८५८ नयाँ कोरोना संक्रमित भेटिएसँगै भारतमा कोभिड–१९ को संक्रमितको संख्या ४,४५,३९,०४६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ४८,०२७ पुगेको छ ।

पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २८ हजार ३३५ पुगेको छ ।

कुल संक्रमितको ० दशमलब ११ प्रतिशत सक्रीय संक्रमित छन् । त्यस्तै राष्ट्रिय कोभिड १९ निको दर ९८ दशमलब ७१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दैनिक संक्रमण दर २ दशमलब ७६ प्रतिशत छ भने साप्ताहिक संक्रमण दर १ दशमलब ७८ प्रतिशत छ ।