कुमारी बैंकको १ नयाँ शाखा र १० एक्सटेन्सन काउण्टर सञ्चालन

कुमारी बैंकको १ नयाँ शाखा र १० एक्सटेन्सन काउण्टर सञ्चालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कुमारी बैंक लिमिटेडले आफ्ना सञ्जाल विस्तार गर्ने क्रममा चन्द्रागिरी नगरपालिकामा गुर्जुधारा शाखा र  एक्सटेन्सन काउन्टरहरू सुचारु गरेको छ ।

यसप्रकार छन् शाखा र एक्सटेन्सन काउन्टरहरू :

– बल्खु एक्सटेन्सन काउण्टर- काठमाण्डु महानगरपालिका वार्ड नं. १४,बल्खु, काठमाण्डु

– ईन्द्रायणी एक्सटेन्सन काउण्टर- शंखारापुर नगरपालिका वार्ड नं. ९ ईन्द्रायणी, काठमाण्डु

– गैरीगाँउ एक्सटेन्सन काउण्टर- नागर्जुन नगरपालिका वार्ड नं. ३ , गैरीगाँउ, काठमाण्डु

– झोर एक्सटेन्सन काउण्टर- टोखा नगरपालिका वार्ड नं. १, झोर, काठमाण्डु

– आरुवारी एक्सटेन्सन काउण्टर- गोकर्णेश्वर नगरपालिका वार्ड नं. ९, आरुवारी, काठमाण्डु

– नेकोसेरा एक्सटेन्सन काउण्टर- मध्यपुर थिमी नगरपालिका वार्ड नं. ९ निर्पुर, नेकोसेरा , भक्तपुर

– जैसिदेवल एक्सटेन्सन काउण्टर- काठमाण्डु महानगरपालिका वार्ड नं.२३ , जैसिदेवल, काठमाण्डु

– आर.आर.एम. क्याम्पस एक्सटेन्सन काउण्टर- जनकपुरधाम उपमहानगरपालिका वार्ड नं. १२ जनकपुरधाम, धनुषा

– महाराजगंज एक्सटेन्सन काउण्टर – काठमाण्डौं महानगरपालिका वार्ड नं. ३, महाराजगंज, काठमाण्डु

– छाउनी एक्सटेन्सन काउण्टर- काठमाण्डु, महानगरपालिका वार्ड नं. १५, छाउनी, काठमाण्डु

विगत २१ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १९९ शाखा संजाल, १९५ एटिएम, ३४ एक्सटेन्सन काउन्टर तथा ५३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।