कैलाली – कैलालीमा एक महिलाको हत्या भएको छ । गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा श्रीमानले श्रीमतीको हत्या गरेकाे प्रहरीले जानकारी दिएकाे छ ।
गौरीगंगा नगरपालिका वडा नम्बर ५ का अन्दाजी ३५ वर्षीय शेरबहादुर नाम्जाली मगरले अन्दाजी ३२ वर्षीया श्रीमती ललिता नाम्जाली मगरको धारिलो हतियार प्रयोग गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बुबाको कुटपिटबाट छोराछोरीसमेत घाइते भएका छन् । १७ वर्षीया छोरी लक्ष्मीको टाउकोमा चोट लागेको छ भने १२ वर्षीय छोरा विजय पनि घाइते भएका छन् ।
बिहीबार बिहान महिलाको शव भेटिएपछि अनुसन्धान गर्दा श्रीमानबाटै हत्या भएको खुलेको प्रहरीको भनाइ छ । मृतकको शरीरमा धारिलो हतियार प्रहार भएको पाइएको छ । रोजगारीका लागि भारतमा रहेका शेरबहादुर बुधबार मात्र घर फर्किएका थिए । घटनापछि फरार उनलाई केही बेरअघि स्थानीयको सहयोगमा पक्राउ गरिएको छ।




प्रतिक्रिया