निर्मला हत्या प्रकरण : कञ्चनपुरमा अनिश्चितकालिन कर्फ्यू आदेश

निर्मला हत्या प्रकरण : कञ्चनपुरमा अनिश्चितकालिन कर्फ्यू आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर  – १३ वर्षीय निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको विरोधमा कञ्चनपुरमा भइरहेको प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाउने निर्णय गरेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले अनिश्चितकालका लागि कर्फ्यू लगाइएको बताए। बिहीबार दिउँसो बसेको सुरक्षा निकायको बैठकले उक्त निर्णय गरेको हो ।

कर्फ्यू कति बजेदेखि लगाउने भन्ने यकिन भइनसकेको प्रमुख जिल्ला अधिकारी खड्काले बताए । उनका अनुसार भीमदत्त नगरपालिकाको बजार क्षेत्रमा किनमेलका लागि आएका सर्वसाधारणहरु पनि भएकाले उनीहरुलाई आफ्नो गन्तव्यसम्म पुग्न समय दिइएकोले यति नै बजे कर्फ्यु लगाउने भन्ने निर्णय हुन नसकेको हो।

उनले भने, ’कर्फ्यू बजार क्षेत्रमा लगाउन लागिएको हो। यात्रु, बटुवाहरुलाई आफ्नो बासस्थानमा त पुग्ने समय दिनु र्पयो भनेर हामीले ४ बजेदेखि कर्फ्यू लगाउने कि ५ बजेदेखि लगाउने भनेर निर्णय गरिसकेका छैनौं । परिस्थिति हेरेर हामी निर्णय लिन्छौं।’