कालीगण्डकी बाढीले मालढुंगा पुलमा क्षति, आवतजावत ठप्प

कालीगण्डकी बाढीले मालढुंगा पुलमा क्षति, आवतजावत ठप्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कालीगण्डकी नदीमा आएको बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा पुल क्षतिग्रस्त बनाएपछि आवतजावत ठप्प भएको छ ।

कालीगण्डकी नदीले धार परिवर्तन गरेर पुलको पूर्व तर्फको पिल्लर बाढीले भत्काएको छ । १ महिना अगाडि बाढीले कटान गर्दा पुल जोखिममा परेको थियो ।

आवतजावत नै ठप्प हुने गरी आईतबार बिहान पुल भत्किएको छ । पुल जोखिममा परेपछि दैनिक आवतजावत गर्ने हजारौँ यात्रु प्रभावित भएका छन् ।