राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई टीका लगाउने, पूर्वराजाले नलगाउने

राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई टीका लगाउने, पूर्वराजाले नलगाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाउने भएकी छन्। राष्ट्रपति भण्डारीले विभिन्न विशिष्ट व्यक्तिका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म टीका लगाइदिने कार्यतालिका छ।

त्यस्तै गरी सर्वसाधरणलाई ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको छ। राष्ट्रपति कार्यालयले टीका ग्रहण गर्न शितल निवास आउँदा मर्यादित पोसाकमा उपस्थित हुन अनुरोध गरेको छ।

यता पूर्वराजा ज्ञानेन्द्र शाहले भने सर्वसाधारणलाई टीका नलगाउने भएका छन्। डेङ्गु संक्रमणलगायत जनस्वास्थ्यलाई ख्याल गर्दै पूर्वराजाले यसपटक टीका लगाउने कार्यक्रम नराखेको उनका सञ्चार सचिव फनीराज पाठकले जनाएका छन्।