३५ सय मेगावाटका आयोजनामा नागरिकले पनि अव लगानी गर्न पाउने

३५ सय मेगावाटका आयोजनामा नागरिकले पनि अव लगानी गर्न पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले नागरिकको प्रत्यक्ष लगानी रहने ३५ सय मेगावाटका आयोजना घोषणा गर्ने तयारी गरेका छन्।

उर्जा मन्त्रालयमा मन्त्री पुनले छ महिनामा गरेका कामको समिक्षा गर्ने क्रममा नागरिकले लगानी गर्ने त्यस्ता केही आयोजनाको छनोट भइसकेको र केही भिदनभित्रै घोषणा हुने मन्त्री पुनको नीजि सचिवालयले जनाएको हो।

मन्त्री पुन अमेरिकी डलरमा विद्युत् खरिद सम्झौताका विषयमा देखिँदै आएको समस्या समाधान गर्न ‘हेजिङ फण्ड’ स्थापना गर्ने तयारीमा छन्। पुनले नेपाल राष्ट्र बैंक र अन्य सरोकारवाला निकायलाई ‘हेजिङ फण्ड’ स्थापनाका लागि प्रक्रिया अगाडि बढाउन भनेका छन्।

‘डलरमा विद्युत् खरिद सम्झौता नगर्दा विदेशी लगानी नआउने र ऊर्जा क्षेत्रको विकासका लागि विदेशी लगानी आवश्यक रहेकाले जोखिम न्यूनीकरण गर्न फण्ड स्थापना गर्न लागिएको हो’, उर्जा मन्त्रीको सचिवालयले भनेको छ।