काठमाडाैं–नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) फेरि पक्राउ परेका छन्।
सर्वोच्च अदालतले प्रवक्ता प्रकाण्डलाई छाड्न आदेश दिएलगत्तै भोजपुर जिल्लामा भएको बम विष्फोटको घटनामा समेत संलग्न रहेको भन्दै उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।
न्यायाधीशद्धय दीपकुमार कार्की र बमकुमार श्रेष्ठको इजलाशले प्रकाण्डसहितका नेताकार्यकर्ताहरु बन्दी प्रत्यक्षीकरणको निवेदनमा फैसला गर्दै रिहा गर्न आदेश दिएको हो। तर, उनी फेरि पक्राउ परे।
यसअघि साउन २३ गते चन्दा असुलीको आरोपमा पक्राउ परेका प्रवक्ता प्रकाण्डलाई सर्वोच्चले छाड्ने आदेश दिएको थियो ।
सर्वोच्चकै बन्दीप्रत्यक्षीकरण आदेशले १ भदौमा रिहा भएका प्रकाण्डलाई प्रहरीले काभ्रेमा उनीबिरुद्ध जारी आगजनी मुद्दामा प्रतिवादी रहेको भन्दै पक्राउ गरेको थियो।




प्रतिक्रिया