जुम्ला पहिरो अपडेटः मृत्यु हुनेको संख्या ६ पुग्यो

जुम्ला पहिरो अपडेटः मृत्यु हुनेको संख्या ६ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाको कनका सुन्दरी गाउँपालिका–५ वारेकोटडाँडामा पहिरोले घर भत्किँदा पुरिएर मृत्यु हुनेको संख्या ६ जना पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार पहिरोमा परि मृत्यु हुनेमा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा र उनीहरुका छोराहरु अनमोल र मिलन तथा सुरेन्द्र हमाल छन् । गणेश बहादुर शाही भने अझै बेपत्ता छन् ।

आज बिहान करिब ३–४ बजेतिर घरमाथि पहिरो खसेर उनीहरु पुरिएका थिए । पहिरोमा परि गम्भीर अवस्थामा रहेका दुई जनालाई उद्धार गरिएको केशरीले जानकारी दिए ।

गृहमन्त्री बालकृष्ण खाँणले घाइतेको उद्धार र पुनस्थापनामा कुनै कसुर बाँकी नराख्न गृहप्रशासन र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।