भारतले नियुक्त गर्‍याे नेपालीभाषी राजदूत

भारतले नियुक्त गर्‍याे नेपालीभाषी राजदूत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– भारतले नेपालीभाषीलाई अफ्रिकी मुलुक कंगोका लागि राजदूत नियुक्त गरेको छ।

भारतको दार्जीलिङकी नेपालीभाषी निना छिरिङ लालाई भारतले राजदूत नियुक्त गरेको हो। उनी गोर्खाली समुदायकी पहिलो राजदूत हुन्।

उनी सन् १९९१ मा भारतीय परराष्ट्र सेवा प्रवेश गरेकी थिइन्। राजदूतमा नियुक्त हुनुअघि उनी भियतनामस्थित नियोगकी डिपुटी मिसन प्रमुख रहेकी थिइन्। उनले यसअघि अल्जेरिया, ट्युनिसिया, फ्रान्सस्थित भारतीय नियोगमा काम गरिसकेकी छन्।

उनका पिता दार्जीलिङको दमकल सेवाका अग्नि नियन्त्रक हुन्।