काठमाण्डु – नेपाली सेनाले लघु चलचित्र प्रतियोगिताको ११औं संस्करण ‘नेपाली सेना लघु चलचित्र प्रतियोगिता–२०७९’ सञ्चालन गर्ने भएको छ ।
२०६७ सालदेखि लघु चलचित्र प्रतियोगिता आयोजना गर्दै आएको नेपाली सेनाले यस वर्ष पनि सो प्रतियोगितालाई निरन्तरता दिन लागेको हो ।
लघु चलचित्र प्रतियोगितामा भाग लिन इच्छुक व्यक्ति तथा संघसंस्थाले सेनासम्बन्धी रचनात्मक तथा नागरिक दृष्टिकोणमा नेपाली सेनाले गरेका एवम् गरिरहेका कार्यहरू झल्किने विषयवस्तुमा आधारित रही स्क्रिप्ट तयार गरेर बुझाउनुपर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रतियोगिताको लागि फारम वितरण कात्तिक १४ गतेदेखि हुुने र १८ गतेसम्ममा बुझाइसक्नुपर्ने, कात्तिक २४ गते अन्तरक्रिया कार्यक्रम गरिने र मंसिर २६ देखि २८ गतेसम्ममा स्क्रिप्ट बुझाउनुपर्ने सेनाले जनाएको छ ।
नेपाली सेनाले वार्षिक रूपमा लघु चलचित्र प्रतियोगिता सञ्चालन गरी चलचित्र क्षेत्रका सफल व्यक्तित्व र विज्ञहरूद्वारा मुल्याङ्कन समिति गठन गरेर उत्कृष्ट लघु चलचित्रहरूलाई पुरस्कृत गर्दै आइरहेको छ ।




प्रतिक्रिया