महिला हिंसा अन्त्य गर्न संसदमा संकल्प प्रस्ताव पेश

महिला हिंसा अन्त्य गर्न संसदमा संकल्प प्रस्ताव पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको शुक्रबारको बैठकमा महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्य गर्न माग गर्दै संकल्प प्रस्ताव प्रस्तुत गरिएको छ । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) की सांसद विन्दा पाण्डेले महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्य गर्न माग गर्दै संकल्प प्रस्ताव पेश गरेकी हुन् ।

प्रस्तावमा महिलामाथि जब्बरजस्ती करणी गर्नेलाई सर्वस्वसहित आजीवनको काराबारको सजाय दिने कानुन व्यवस्था गर्न माग गरिएको छ । सांसद पाण्डेले महिलामाथि हत्या, हिंसा, बलात्कारलगायतका घटना बढदै गईरहेका बेला त्यसलाई अन्त्य गर्न माग गर्दै प्रतिनिधिसभा बैठकमा संकल्प प्रस्ताव पेश गरेका हुन् ।

प्रस्ताव पेश गर्दै उनले महिला हिंसा अन्त्यका लागि राष्ट्रिय जागरण अभियान संचालन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । अहिले महिला हिंसा विरुद्धको सो संकल्प प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ । छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले महिला हिंसा अन्त्य गर्नुपर्ने माग सहित पेश गरिएको सो प्रस्तावको समर्थन गर्दै महिला हिंसा अन्त्य गर्न सबैको सहयोगको आवश्यक्तामा जोड दिइन् ।