काठमाण्डु – जिल्ला अदालत काठमाण्डुले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
सन्दीप एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा असोज २० गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । यसअघि पहिलोपटक ७ दिनका लागि म्याद थप भएको थियो । अनुसन्धानको लागि लिइएको म्याद आज सकिएसँगै प्रहरीले पुन सन्दीपलाई अदालतमा उपस्थित गराएको हो ।
सन्दीपमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप गरिएको काठमाण्डु प्रहरी प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।सन्दीप विदेशमा रहेका बेला उनीमाथि बलात्कारको आरोप लागेको थियो ।




प्रतिक्रिया