काठमाण्डु- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले छैठौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको समापन गरेका छन् । अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित दिक्षान्त समारोहमा उक्त कोर्षमा सर्वोत्कृष्ट भएका सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ र रिसर्चतर्फ प्रथम भएका सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष बहादुर सिंहलाई ‘बेष्ट रिसर्च अवार्ड’ प्रदान गरे ।
कार्यक्रमममा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा. कुशुम शाक्यले सशस्त्र प्रहरी नायव उपरीक्षक गैरेलाई ‘वेष्ट एकेडेमीक अवार्ड’ प्रदान गरिन् ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले उक्त कोर्ष सफलतापूर्वक सम्पन्न गरेका मध्यम तहका एपीएफ अधिकृतहरुलाई हार्दिक बधाई दिनंदै सांगठानिक जिम्मेवारी निर्वाहको क्रममा पूर्ण व्यवसायिक भई कुशलतापूर्वक क्षमता र दक्षता प्रदर्शन गर्न निर्देशन दिए ।
उनले दिक्षित अधिकृतहरुले यस कोर्षबाट प्राप्त गरेका ज्ञान, सिप, कला र कौशललाई सदुयोग गर्दै सांगठानिक बिकासमा ईमान्दार र कर्तव्यनिष्ठ भई सकारात्मक सोचका साथ उत्कृष्ट कार्यसम्पादन गर्नेतर्फ क्रियाशिल रहनुपर्ने बताए ।
२०७८ साल जेठ १६ गतेबाट संचालन भएका उक्त कोर्षमा २ जना सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक, ३ जना सशस्त्र प्रहरी उपरीक्षक र ५ जना सशस्त्र प्रहरी नायव उपरीक्षकसहित कुल १० जना जना अधिकृतहरुको सहभागीता रहेको थियो ।
उक्त कोर्षमा सहभागी अधिृकतहरुलाई स्टाफ ड्युटीज, इन्टेलिजेन्स, द्वन्द्व व्यवस्थापन, सुरक्षा, विकास, शान्ति, मानवअधिकार, अन्तर्राष्ट्रिय मानवीय कानून, नेतृत्व तथा व्यवस्थापन, राष्ट्रिय सुरक्षा रणनीति, नीति निर्माण तथा योजना, स्वदेश तथा विदेश शैक्षिक भ्रमण लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका विज्ञहरुद्वारा अध्यापन गराईएको कुरा त्यस अवसरमा जानकारी गराइएको थियो ।




प्रतिक्रिया