एजेन्सी – बुर्किनाफासोमा आतङ्ककारी समूहको आक्रमणमा परेर १० जना सैनिकको ज्यान गएको छ ।
सोमबार आतङ्ककारीहरुले उत्तरी बुर्किनाफासोको दिजीबोमा रहेको सेनाको शिविरमा हमला गरेको सेनाले विज्ञप्ति निकालेर जानकारी दिएको छ । साथै सो आक्रमणमा परेर ५० जना सैनिक पनि घाइते भएको बताइएको छ ।
उक्त हमलामा परेर मारिएका १८ जना आतंककारीको पनि शव भेटिएको बताइएको छ । सैनिकले गरेको प्रतिकारका क्रममा अरु कैयौँ आतङ्ककारी पनि घाइते भएका बताइएको छ । बुर्किनाफासोमा सन् २०१५ देखि शान्ति सुरक्षाको अवस्था खस्किँदो छ ।
आतंककारीहरुले यहाँका सुरक्षाकर्मीमाथि हमला गर्ने क्रम जारी नै छ । यसबाट सुरक्षाकर्मी तथा सर्वसाधारण नागरिकको ज्यान जाने क्रम झनै बढेको छ ।यो अफ्रिकी देशमा सुरु भएको यस हिंसामा परेर अरु हजारौँ मानिस विस्थापित भएका छन् ।




प्रतिक्रिया