काठमाण्डु – अमेरिकाले भारत, जापान, दक्षिण कोरिया र अष्ट्रेलियासँग सैन्य साझेदारी अझै बढाउने भएको छ । हिन्द प्रशान्त क्षेत्रमा चीनको प्रभाव रोक्न अमेरिकाले ती देशसँग सैन्य साझेदारी बढाउने निर्णय गरेको हो ।
चीनको आक्रमकता रोक्न तथा हिन्द महासागर क्षेत्रको स्वतन्त्र र खुल्ला पहुँच दिगो बनाउन ती मुलुकसँग रक्षा साझेदारी अघि बढाउने अमेरिकी रक्षा मन्त्रालयद्धारा बिहीबार सार्वजनिक एक प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी यस क्षेत्रमा देखिएका विवाद बल प्रयोग गरेर समाधान गर्ने चीनको प्रयास रोक्न अमेरिकाले भारत, जापान, अष्ट्रेलिया लगायतसँग मजबुत सुरक्षा संरचना(अवधारणा निर्माण गर्ने बताइएको छ।
रणनीतिमा चीनको बढ्दो त्रासको सामनाका लागि ताइवानको प्रतिरक्षा क्षमता अभिवृद्धि गर्न अमेरिकाले सघाउने उल्लेख छ ।
यद्यपि अमेरिकाले एक चीन नीतिलाई कायमै राख्ने बताएको छ ।
अमेरिकाको रणनीतिक साझेदार दक्षिण कोरियाको रक्षा क्षमता बढाउन सहयोग निरन्तर रहने रणनीतिमा उल्लेख छ । हिन्द प्रशान्त क्षेत्रमा देखिएका सुरक्षा चुनौतिलाई सामना गर्न बहुपक्षीय प्रयासलाई पुनर्ताजगीकरण गर्ने अमेरिकी योजना छ ।




प्रतिक्रिया