सेयर बजारमा दोहोरो अंकको सुधार

सेयर बजारमा दोहोरो अंकको सुधार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  एक सातादेखि बन्द रहेर सोमबार खुलेको सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । आज बजार मापन गर्ने सूचक १६.३९ अंकले बढेर परिसूचक १८७४.८७ बिन्दुमा रोकिएको छ । यस्तै सेन्सेटिभ पनि ४.९३ अंकले बढेको छ।

२२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता सेयर ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँको सेयर किनबेच भएको छ । बैंकहरुको सेयर माग र कारोबार दुवै उच्च छ।

कारोबारमा बैंकिङ समूहको उपसूचक २०.०९, वित्त कम्पनी १२.६४, जलविद्युत १.९७, होटल तथा टुरिजम ४२.४८, जीवन बीमा २५.४१, उत्पादन तथा प्रशोधन ३०.७८, माइक्रोफाइनान्स १४.०८, निर्जीबन बीमा १४.०८, अन्य समूहको उपसूचक २०.७५ अंकले बढेको छ ।