काठमाण्डु – नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) अरुण कुमार बीसीले अवकाश पाएका छन् । उनले मंगलबारदेखि उमेर हदका कारण अवकाश पाएका हुन्। उनी प्रशासन विभागमा कार्यरत थिए।
यसअघि नै नेपाल प्रहरीमा दुई वटा एआइजी पद खाली भइसकेको थियो। योसँगै तीन वटा एआइजी पद खाली भएका छन्। यसअघि भदौ ३२ गते मुकुन्दराज आचार्य र साउन २० गते विश्वराज पोखरेलले उमेर हदका कारण अवकाश पाएका थिए।
पोखरेलले आइजीपी नियुक्तिमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए। तर राजीनामा अस्वीकृत भएपछि उनको उमेर हदका कारण अवकाश पाएका थिए।
त्यस्तै उपत्यका प्रहरी प्रमुख एआईजी रवीन्द्र धानुकले पनि २६ कात्तिकमा उमेरहदका कारण अवकाश पाउँदैछन् ।




प्रतिक्रिया