सेनाको रथी बने सिताराम खड्का, बानियांलाई पोखराको पृतनापतिको जिम्मेवारी

सेनाको रथी बने सिताराम खड्का, बानियांलाई पोखराको पृतनापतिको जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाका उपरथी सिताराम खड्का रथीमा बढुवा भएका छन् । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले खड्कालाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो । उनलाई बलाध्यक्षरथीको जिम्मेवारी दिइएको छ ।

बैठकले सेनाका सहायकरथी बिजय थापा र आश बहादुर तामाङलाई उपरथीमा बढुवा गरेको छ । थापालाई सुदुरपश्चिम पृतनाको पृतनापति र तामाङलाई वार कलेज नगरकोटको प्रमुखको जिम्मेवारी दिइएको छ ।

बैठकले सेनाका केही उपरथीहरुको सरुवा समेत गरेको छ । उपरथीहरु आनन्द अधिकारी प्रबन्धरथी, बाबुराम श्रेष्ठ सैनिक तालिम महानिर्देशनालयको महानिर्देशक र दिपक कुमार बानियालाई पश्चिम पृतना पोखराको पृतनापतिको जिम्मेवारी दिइएको छ । बानियां वार कलेजको प्रमुख थिए ।