पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरानमाथि गोली प्रहार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरानमाथि गोली प्रहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । पाकिस्तानको गुजरांवालाको अल्लाहवाला चोकमा पूर्वप्रधानमन्त्री खानमाथि गोली प्रहार भएको बीबीसीले जनाएको छ । एक र्‍यालीका क्रममा उनीमाथि गोली प्रहार भएको हो ।

बीबीसीका अनुसार तेहेरिक ए इन्साफका अध्यक्ष खानको खुट्टामा गोली लागेको छ। खान चढेको कन्टेनरलाई ताकेर गोली चलाइँदा उनीसँगै रहेका रहेका पार्टीका सांसदसहित चारजना घाइते भएका छन्।

पाकिस्तानी टेलिभिजन जियोले इमरानको खुट्टामा गोली लागेको उल्लेख गरे पनि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन। गोली चलेपछि अहिले इमरानको र्‍यालीमा तनाव भएको छ। त्यहाँ परिचालित सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।