आमाको हत्याको आरोपमा छोरा पक्राउ

आमाको हत्याको आरोपमा छोरा पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आफ्नै आमा ७० वर्षीया फूलमाया तामाङको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३५ वर्षीय जय बहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै डेरा कोठामा जय बहादुरले खुकुरी प्रहार गरी आमाको हत्या गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।