गृहमन्त्रीका सल्लाहकार सुवेदी विवादमा : पूर्व लडाकु फर्काइएकोबारे गृहमन्त्रीसंग लिए प्रधानमन्त्रीले स्पष्टिकरण 


काठमाडौं – पूर्वलडाकू लेनिन विष्टलाई विमानस्थलबाटै फर्काएको घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चांसो व्यक्त गरेका छन्  । गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुर्य सुवेदीले व्यक्तिगत प्रतिशोध सांधेर आफुलाई विमानस्थलबाट फर्काएको आरोप विष्टले लगाएका छन् ।

थाइल्याण्डमा हुन् लागको कार्यक्रममा सहभागी हुन जान लागेका बेला विष्टलाई माथीको आदेश भन्दै अध्यागमनले विमानस्थलबाट फर्काएको थियो । प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा सम्पादहरुसंगको भेटमा गृहमन्त्रालयसंग विष्ट प्रकरणबारे २४ घण्टे लिखित स्पष्टीकरण सोधेका छन् ।

यसअघी सुवेदीकै निर्देशनमा ट्रमा सेन्टरबाट डाक्टरलाई गृहमन्त्रालयमा लगिएको प्रकरणमा समेत सरकार आलोचित भएको थियो । विष्टलाई विमानस्थलबाट फर्काइएको घटनाप्रती मानवअधिकारीकर्मी र वुद्धिजीवीहरुले  नागरिक स्वतन्त्रतामा सरकारले हस्तक्षेप गरेको भन्दै सरकारको आलोचना गरिरहेका छन् ।

प्रधानमन्त्रीले सम्पादकहरुसंगको भेटमा आफुले गृहमन्त्रालयलाई कस्को आदेशमा बिष्टलाई विमानस्थलबाट फिर्ता गरिएको भन्दै २४ घण्टाभित्र लिखित स्पष्टिकरण दिन पत्र पठाएको जानकारी दिए । उनले यो प्रकरणमा आफ्नो गम्भिर ध्यानआकर्षण भएको उल्लेख समेत गरे । ‘विष्टलाई विमानस्थलबाट फिर्ता गरिएको भन्ने समाचार मैले पनि सुनेको छु, यो त अलि बढी नै भयो भनेर मैले प्रधानमन्त्री कार्यालयबाट लिखित स्पष्टीकरण दिन पत्र पठाएको छु ।’

प्रधानमन्त्री ओलीले गैरकानूनी ढंगले कुनै व्यक्तिको स्वतन्त्रताको हकमा तलमाथि पर्नेगरी काम भएको भए आफुले एक्सन लिने बताएका छन्  । यसअघि गृहमन्त्री राममबहादुर थापाका राजनीतिक सल्लाहकार सुवेदीले वीर अस्पतालको ट्रमा सेन्टरमा कार्यरत डा. भोजराज अधिकारी अधिकारीलाई अपहरण शैलीमा गृहमन्त्रालय लगेको विषयप्रती पनि प्रधानमन्त्रीले चासो देखाएका छन् ।

सुवेदीकै दबावमा उनलाई मन्त्रालय लिएर बयान लिइएको थियो । प्रधानमन्त्रीले दुवै घटनाबारे आफु निकै गम्भिर बनेको प्रतिक्रिया दिएका छन् । भेटमा सहभागी एक सम्पादककाअनुसार भ्रष्टाचार लगायत यस्ता अन्य घटनाको बारेमा समेत जानकारी दिएर सहयोग गर्न  प्रधानमन्त्री ओलीले आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement