रथीमा बढुवा भएका खड्कासहित उपरथीद्वय थापा र तामाङलाई दर्ज्यानी चिह्न प्रदान

रथीमा बढुवा भएका खड्कासहित उपरथीद्वय थापा र तामाङलाई दर्ज्यानी चिह्न प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपाली सेनाको रथी दर्जामा पदोन्नती भएका सिताराम खड्कालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। शुक्रबार जंगी अड्डामा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

मन्त्रिपरिषद्को कात्तिक १६ गतेको निर्णय अनुसार खड्का रथी दर्जामा पदोन्नती भएका हुन्। पदोन्नती भएका रथी खड्का बलाध्यक्षमा नियुक्ति भएका छन्।

मन्त्रिपरिषद्को सोही निर्णय बमोजिम उपरथी दर्जामा पदोन्नती भएका सहायकरथी विजय थापा र सहायक रथी आश बहादुर तामाङ (पीएचडी) लाई प्रधानसेनापति शर्माले आजै उपरथी दर्जाको दर्ज्यानी चिह्न समेत प्रदान गरेका छन्।

पदोन्नती भएका उपरथी थापा सुदुरपश्चिम पृतना हेडक्वाटरको पृतनापति र उपरथी तामाङ श्री नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्षमा नियुक्ति भएका छन्।