अख्तियारका आयुक्त जयबहादुर चन्दमाथि सत्तारुढ दलको प्रचारमा लागेको आरोप

अख्तियारका आयुक्त जयबहादुर चन्दमाथि सत्तारुढ दलको प्रचारमा लागेको आरोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्द चुनाव प्रचार प्रसारमा लागेको आरोप लागेको छ । सुदुरपश्चिमको वैतडी घर भएका चन्दले सत्तारुढ गठबन्धनलाई सहयोग हुने गरी गतिविधि गरिरहेको आरोप छ ।

उनले यसअघि धनगढीको होटल रुवसमा बसेर सत्तारुढ दलका स्थानीय नेता कार्यकर्ताहरुलाई भेटेको स्रोतको दावी छ । चन्द चुनाव प्रचार प्रसारमा लागेको भन्दै नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले निर्वाचन आयोगको समेत ध्यानाकर्षण गराएको छ ।

युवा संघका महासचिव क्षितिज थेबेले एक विज्ञप्ति जारी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले आफ्नो पदीय मर्यादा र आचारसंहिताको उल्लंघन गर्ने गरी कञ्चनपुरको एउटा होटलमा बसेर धम्कीजन्य काम गरेको आरोप लगाएका छन् ।

युवा संघको विज्ञप्तिमा भनिएको छ, ‘अख्तियार दुरुपयोग अनुस्न्धान आयोगका आयुक्त जस्तो गरिमामय पदमा बसेर पदीय आचारसंहिताको उल्लंघन गर्ने छुट जो कोहीलाई छैन । हामी चेतावनी दिन चाहन्छौं कि चन्दबाट भईरहेको काम तत्काल बन्द होस् । निर्वाचन आचारसंहिता विपरित हुने कुनै पनि कार्य हामीलाई सैह्य हुनै सक्दैन र यस विषयमा हामी निर्वाचन आयोगलाई पनि ध्यानाकर्षण गराउन चाहान्छौं । अन्यथा परिआउने परिस्थितिको मूल्य स्वयम् निर्वाचन विथोल्न खोज्ने व्यक्तिले चुकाउनुपर्नेछ ।’

चन्दलाई प्रधानमन्त्री शेरबहादुर देउवाको कोटामा अख्तियारको आयुक्त बनाइएको थियो । उनलाई प्रहरी महानिरीक्षक बनाउन खोजेपनि नभएपछि अख्तियारमा नियुक्ति दिइएको हो ।

अख्तियारमा बसेर उनले प्रहरीको सरुवा बढुवामा समेत चांसो राख्नुका साथै बालुवाटारसंग मिलेर सूची बनाउने गरेको आरोप लाग्दै आएको छ ।