काठमाण्डु – बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद सजाय तोकिएका अभिनेता पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन दर्ता गरेका छन् । शाहका तर्फबाट उनका कानुन व्यवसायीले शुक्रबार उच्च अदालत पोखरामा पुनरावेदन दर्ता गरेका हुन् ।
शाहविरुद्ध बलात्कारको अभियोगमा मुद्धा दर्ता गरेकामा नवलपुर जिल्ला अदालतले उनलाई बाल यौन दुर्व्यवहार कसूरमा साढे २ वर्ष कैद सजाय सुनाएको छ ।
तनहुँ जिल्ला अदालतमा शाहविरुद्ध दर्ता भएको बलात्कार सम्बन्धीकै मुद्दाको भने फैसला हुन बाँकी छ । दुवै ठाउँमा एकै व्यक्तिले शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् ।




प्रतिक्रिया