काठमाण्डु – काठमाण्डु क्षेत्र नं १ का उम्मेदवार पुकार बमलाई भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र सिंह बानिया, कलाकार दयाहाङ राई घरदैलोमा सरिक भएका छन्।
बक्सअफिसमा तहल्का मच्चाईरहेको चलचित्र महापुरुषका निर्देशक प्रदीप र निर्माता रबीन्द्र शनिवार भएको काठमाण्डु क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमको घरदैलो कार्यक्रममा सरिक भएका हुन्।
युवा सत्याग्रहीको परिचय बनाएका पुकार बमको घरदैलो कार्यक्रममा घन्टि बजाउदै ३ घण्टा उनको पक्षमा भोट मागेका थिए। आफ्नै परिचित ठट्यौली शैलीमा प्रदीपले मतदातासँग भने,’पुकार बम हामीलाई चाहिने मान्छे हो। संसदमा चाहिने मान्छे हो।’
यस्तै घरदैलोमा पुगेका कलाकार रबिन्द्र सिंह बानियाले काठमाण्डु क्षेत्र नं १ मा पुकार बम सक्षम, ईमानदार र जित्नैपर्ने उम्मेद्वार भन्दै मत मागेका थिए । उनले सञ्चारकर्मीहरुसँग भने, ‘मैले विगत १० वर्षदेखि पुकार बमलाई सडकमा जनताको बीचमा सेवा गरेको देखेको छ। पुकार जस्तो निस्कलंक मानिस संसदमा पुग्नुपर्छ ।’
यस्तै घरदैलोमा हिडिरहेका र्याप गायक प्रनिल तिमल्सिनाले यसपाली अरु जस्तो कुरा मीठो गर्नेलाई हैन, पुकार जस्तो कम बोल्ने काम धेरै गर्नेलाई जिताउनुपर्ने भन्दै मतदमतासंग आग्रह गरे।
हेविवेटहरुको भिडन्त मानिएको काठमाडौ क्षेत्र नम्बर १ मा पुकार बम सहित नेपाली कfङ्रेसका प्रकासमान सिंह, राप्रपाका रविन्द्र मिश्र, सुशासन पार्टीका रमेश खरेल तथा एमालेका किरण पौडेललगायत उम्मेदवार छन्।
वैकल्पिक राजनीतिबाट उदाएका युवा नेता वम संविधानको व्यवस्थाअनुसार कार्यान्यवन नभएकाका नागरिकको जनजिविकाका लागि आफ्नो उम्मेदवारी भएको बताउने गरेका छन्।
सक्षम र अनुभवि पुस्ता संसदमा आउनुपर्ने तथा एउटै व्याक्तिले सिंहदरबारभित्र पद होल्ड गर्ने काम बन्द हुनुपर्ने उनका एजेण्डा हुन्। ‘इनफ इज इनफ’ लगायतका आन्दोलनको नेतृत्व गरेका बम १५ बर्षदेखि गर्दै आएका काम हेरेर जनताले आफुलाई विश्वास गर्नेमा ढुक्क छन्।




प्रतिक्रिया