काठमाण्डु- चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि उठेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रचार टोलीमाथि सत्ता गठबन्धनका कार्यकर्ताले आक्रमण गरेका छन्।
रास्वपाका एकजना नेता दीपक बोहोराले आफूहरुको चुनावी प्रचार टोली सवार गाडीमा तोडफोड गरिनुका साथै केही कार्यकर्तामाथि कुटपिट पनि भएको बताएका हुन् ।
चितवनमा रवि लामिछाने र सत्ता गठबन्धनका कार्यकर्ताबीच घरदैलो अभियानका क्रममा जम्काभेट भएका उनीहरुबीच केहीबेर तनाव उत्पन्न भएको जनाइएको छ ।
कुरिनटारबाट नारायणगढतर्फ जाने क्रममा उनीहरु जम्काभेट भएका थिए । रविलामिछानेको पक्षले भने गठबन्धनले आफूहरुमाथि बिनाकारण आक्रमण गरेको आरोप लगाएको छ ।




प्रतिक्रिया