कांग्रेसका बागी उम्मेदवार कोइरालालाई जिताउन ओलीको आग्रह

कांग्रेसका बागी उम्मेदवार कोइरालालाई जिताउन ओलीको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई जिताउन आग्रह गरेका छन् ।

सोमबार चितवनको भरतपुरमा चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमाले र आफूहरुले समर्थन गरेका उम्मेदवार कोइरालालाई जिताउन आग्रह गरेका हुन् ।

‘उहाँ राजनीति गरेर जिल्लाको नेतृत्व गरेर आएको व्यक्ति हो । नेपाली कांग्रेसको केन्द्रीय सदस्य भइसकेको व्यक्ति हो । मैले विश्वास लिएको छु उहाँले स्थिरता र स्थायित्वको लागि काम गर्नुहुनेछ । माछा चुनाव चिन्हमा उहाँलाई अत्यधिक मतले यस क्षेत्रमा जिताइदिनुहोला,’ उनले भने।

अध्यक्ष ओलीले चितवनबाट हार्ने डरले प्रचण्ड भागेको जनाएका छन् । चितवनले जानेको रहेछ केही नगरी कसलाई भगाइदिनुपर्छ थाहा रहेछ। हार्ने भागिसके, जित्ने यहिँ छन’, उनले भने । मंसिर ४ गते नेकपा एमालेको जित हुने उनले दावी गरेका छन् ।