पूर्वसहयात्री छविलाल र घनश्यामबीच चर्कियो चुनावी युद्ध

पूर्वसहयात्री छविलाल र घनश्यामबीच चर्कियो चुनावी युद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा र पूर्वएमाले नेता घनश्याम भुसालबीच संघीय निर्वाचनमा कडा टक्कर हुने देखिएको छ ।

केही समय अगाडि एउटै पार्टीमा सहयात्री रहेका विश्वकर्मा र भुसाल मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा एकअर्काका प्रतिष्पर्धी भएर चुनावी मैदानमा उत्रिएका हुन् । उनीहरुविरुद्ध पछिल्लो समय वाकयुद्ध चर्किएको छ ।

नेकपा एमालेले टिकट नदिएपछि नेता भुसालले रुपन्देही क्षेत्र न १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेकपा एमालेले टिकट नदिएपछि भुसालले एमाले परित्याग गरेको घोषणा गरिसकेका छन् । स्वतन्त्र उम्मेदवार दिएसँग भुसाललाई सत्ता गठबन्धनले साथ दिने घोषणा गरेको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा सत्ता गठबन्धनले उनलाई निर्वाचनमा सहयोग गर्ने निर्णय गरेको थियो ।

हाल भुसाल पनि माओवादी केन्द्रको पक्षमा खुलेरै लागेका छन् । यता एमालेका विश्वकर्मालाई जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को साथ छ । रुपन्देही क्षेत्र न १ मा यी दुई नेतामध्ये कसको जित होला भन्ने विषय रोच बनेको छ ।

स्थानीय तहको निर्वाचनको नतिजा अनुसार विश्वकर्मालाई चुनाव जित्न सहज देखिएको छ । स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतअनुसार एमाले, जसपा र राप्रपाको गठबन्धन करिब १० हजार मतले अगाडि छ ।

त्यसकारण स्वतन्त्र उम्मेदवार भुसाललाई सत्ता गठबन्धनले साथ दिए पनि चुनाव जित्न भने सहज छैन् । एमालेको नवौं महाधिवेशनबाट घनश्याम भुसाल उपमहासचिवमा निर्वाचित हुँदा छविलाल विश्वकर्मा स्थायी कमिटी सदस्य थिए ।

गतवर्ष चितवनमा सम्पन्न १० औं महाधिवेशनमा विश्वकर्मा सचिवमा निर्विरोध निर्वाचित भए भने भुसाल उपाध्यक्षमा पराजित भए । ०६५ सालमा वुटवलमा सम्पन्न एमालेको आठौं महाधिवेशनबाट उनीहरू दुबैजना पहिलोपटक केन्द्रीय सदस्यमा निर्वाचित भएर सँगै पोलिटब्यूरोमा उक्लिएका थिए ।